धनगढी : मंसिर २१ गते भारतको धार्चुलामा एउटा बैठक भयो। त्यो बैठक नेपाल र भारतबीचको विवाद समाधानका लागि गरिएको थियो।सो बैठकमा दार्चुलास्थित महाकाली नदी क्षेत्रमा भारतले एकतर्फी हिसाबले तटबन्ध निर्माण गर्दा भएको विवाद घटनामा नेपाल र भारतीय पक्षबीच वार्ता तथा छलफल गरियो। छलफलपछि बैठकले सहमति पनि गरेको थियो।नेपालको मागअनुसार महाकाली नदी पारि भारतले एकतर्फी हिसाबले गरेको तटबन्धका कारण नेपालतर्फ मोडिएको नदी पुनः आफ्नै धारमा फर्काइने सहमति गरिएको थियो। यस्तै, सो विवादित क्षेत्रमा काम पनि बन्द गर्न