नेपाली मौलिकता बोकेको विक्रम संवत्

आज मेष संक्रान्ति अर्थात १ वैशाख, विक्रम संवत् २०८० सालको नयाँ वर्ष प्रारम्भ भएको दिन हो । नेपालमा संवत्हरूमा विक्रम संवत्, शाके संवत्, नेपाल संवत् र ईस्वी संवत्हरू आवश्यकतानुसार चलनचल्तीमा आएका छन् । ईस्वी संवत् अंग्रेज र अंग्रेजी साम्राज्यको प्रभूत्व भएका देशहरूमा चल्दै आएको हो । नेपालमा अंग्रेजहरूले उपनिवेश स्थापित गर्न पाएनन् । नेपाल बिटुलो […] The post नेपाली मौलिकता बोकेको विक्रम संवत् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

विक्रम संवतकाे उठान

साम्राज्यवादी प्रभावबाट जोगिएको नेपालले आफ्नो सार्वभौमसत्ता, मौलिकता र पहिचान बचाउँदै आएको हुँदा विक्रम संवत् यथावत् कायम रहिरह्यो।...

नयाँ वर्ष, नयाँ अध्याय (सम्पादकीय)

नयाँ वर्ष २०७८ मुलुकभर र जहाँ–जहाँ नेपाली रहेका छन्, त्यहाँ विभिन्न कार्यक्रमसाथ उल्लासपूर्ण रूपमा मनाइँदै छ । सौर्यमानक गणनाले वैशाख १ गते नेपालको मौलिक तथा औपचारिक नयाँ वर्ष हो । भारतमा पनि यो संवत् चलनचल्तीमा छ । विश्वका अन्य कतिपय देशमा पनि यो संवत्मा आधारित भई वैशाख १ लाई नयाँ वर्षका रूपमा मनाइन्छ । वैदिक विधिविधान तथा सूर्यको गति गणनाअनुसार निर्धारित सौर्य पात्रोमा आधारित विक्रम संवत् विश्वमा प्रचलित धेरै संवत्हरूभन्दा जेठो अर्थात् पुरानो छ । नयाँ वर्ष प्राविधिक अस्तित्वमात्र होइन, यो समाज र व्यक्तिको मौलिकता, आकाङ्क्षा, समृद्धि तथा समग्रमा सपनासँग जोडिएको एकीकृत भावना पनि हो । हरेक क्षण, हरेक दिन, हरेक वर्ष आफैँमा नयाँ हुन्छन् तर सम्पूर्ण नेपालीले वैशाख १ गतेलाई मिति, तिथि वा पात्रो परिवर्तनको प्राविधिक पक्षभन्दा उत्साह, सम्भावना, प्रेरणा र सङ्कल्पविशेष दिवसका रूपमा बुझ्छन्, लिन्छन् । यसर्थ, वैशाख १ को महŒव समयमात्र होइन, समाज परिवर्तनमा परिलक्षित छ ।