छाेरीकाे शेयर काराेबारमा मलाई मुछ्न मिल्दैन - धिताेपत्र बाेर्डका अध्यक्ष ढुंगाना

काठमाण्डाै – नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष भीष्मराज ढुंगानाले छोरीमार्फत गरेको सर्वोत्तम सिमेन्टको शेयर कारोबारको बोर्डले बचाउ गरेको छ । आइतवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै बोर्डका उपकार्यकारी निर्देशक डा. नवराज अधिकारीले विवाहित छोरीले गरेको शेयर कारोबारमा अध्यक्ष ढुंगानाको संलग्नता हुने कुनै पनि कानुनी प्रावधान नरहेको स्पष्टीकरण दिनुभएको हो ।बैठकमा समितिका सदस्यहरूले परिवारका सदस्यलाई शेयर कारोबारमा संलग्न गराएर शेयर बजार कब्जा गर्न खोजेको भन्दै अध्यक्ष ढुंगानाप्रति आक्रोश व्यक्त गरेका थिए । बोर्...