नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)ले डिजेलको मूल्य बढाएर पठाएको छ । आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेल प्रतिलिटर ६ रुपैयाँ बढेर आएको छ भने पेट्रोल प्रतिलिटर ६० पैसा बढेर आएको छ । नयाँ मूल्यसूचीपछि आयल निगमलाई डिजेलमा प्रतिलिटर १२ रुपैयाँ नोक्सान हुने भएको छ ।