नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन सकिएको २०१ दिनपछि शनिबार पदाधिकारीले पूर्णता पायो । शनिवार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले अध्यक्षसहित २१ सदस्यीय पदाधिकारी टुङ्गो लगाएको हो । तर, पदाधिकारीले पूर्णता पाए पनि पार्टी कार्यालय पेरिसडाँडामा नेताहरूमा कुनै उत्साह देखिएन ।पार्टी बैठक सकिए लगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया नदिएर खुमलटारतिर हुइँकिए । प्रवक्ता कृष्णबहादुर महराले भने पार्टीको निर्णय खरर पढेर सुन