काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनल र ऐना युनिसेक्स सैलुनबीच सिटिजन्स बैंकको कार्डवाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापछि बैंकका कार्डवाहकले ऐना युनिसेक्स सैलुनको सेवा–सुविधामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकलाई बैंकले तत्कालै नयाँ कार्ड उपलब्ध गराउन इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको छ ।