जयनगर–बर्दिबास रेलमार्ग अन्तर्गत बिजुलपुरा–बर्दिबास खण्डमा जग्गाको मुआब्जा निर्धारण

काठमाण्डाै - भारत सरकारले निर्माण गर्ने जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत बिजुलपुरा–बर्दिबास खण्डमा जग्गाको मुआब्जा निर्धारण सकिएको छ ।  भारत सरकारले धनुषा जिल्लाको कुर्थाबाट महोत्तरीको बिजुलपुरासम्म रेलमार्ग निर्माण गरिरहँदा त्योभन्दा अगाडिको खण्डमा पनि निर्माणस्थल खाली गरिएको हो । पहिले बिजुलपुरादेखि बर्दिबास खण्डमा जग्गा प्राप्तिको समस्या रहेको रेल विभागका महानिर्देशक दीपककुमार भट्टराईले बताउनुभयो। अहिले जग्गाको मूल्य निर्धारण भइसकेको र बर्दिबास स्टेसनको लागि जग्गा प्राप्ति गरिएको उहाँले बताउनुभयो। विभागले ...