भारतलाई लगानी बढाउन चेम्बरको आग्रह

काठमाडौं । भारतलाई लगानी बढाउन नेपाल चेम्बर अफ कमर्शले आग्रह गरेको छ । काठमाडौंमा सोमबार चेम्बरले नेपालका लागि

सम्बन्धित सामग्री

लगानी बढाउन चिनियाँ लगानीकर्तालाई चेम्बरको आग्रह

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी बढाउन चिनियाँ निजी क्षेत्रलाई आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणअघि चेम्बरले चिनियाँ निजी क्षेत्रसँग दुई पक्षीय आर्थिक एवं व्यापारिक सम्बन्धबारे छलफल गरेको हो । चेम्बरमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्लले नेपालको जलविद्युत, कृषि, सूचना प्रविधि, पूर्वाधार विकासलगायतका क्षेत्रमा लगानी गर्न चिनियाँ निजी क्षेत्रलाई आग्रह गरेका […]

नेपालमा लगानीका लागि दक्षिण कोरियालाई चेम्बरको आग्रह

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि दक्षिण कोरियासँग आग्रह गरेको छ । नेपालका लागि दक्षिण कोरियाली राजदूत थेयङ पार्कसँग काठमाडौंको जमलस्थित चेम्बर भवनमा भएको भेटवार्तामा अध्यक्ष राजेन्द्र मल्लले औद्योगिक एवं व्यापारिक सहकार्य अभिवृद्धि गर्न आग्रह गरेका हुन् । ‘दुई मुलकबीचको कूटनीतिक सम्बन्ध ५० वर्ष पुग्न लागेको छ । लगानी वृद्धि र व्यापारिक साझेदारीमार्फत आपसी सहकार्यलाई थप बलियो बनाउन आवश्यक छ,’ अध्यक्ष मल्लले भने । नेपालको जलविद्युत्, पूर्वाधार क्षेत्र, पर्यटन एवं प्रविधिको क्षेत्रमा लगानीको वातावरण बनाउन नवनियुक्त राजदूत थेयङसँग उनले आग्रह गरे । भारत, बंगलादेश जस्ता देशमा नेपालको विद्युत्को उच्च माग रहेको भन्दै उनले लगानी प्रतिफलको सुनिश्चितता रहेको समेत बताए । दुई मुलुकबीच हवाई सञ्जाल विस्तार गर्नुपर्नेमा अध्यक्ष मल्लले राजदूत पार्कको ध्यानाकर्षण गराए । ‘हवाई सञ्जाल विस्तार गरेर दुवै देशमा पर्यटकीय गतिविधि बढाउन सकिन्छ, यसले दक्षिण कोरियामा रहेका नेपाली कामदारलाई पनि थप लाभ हुन्छ,’ उनले भने । अध्यक्ष मल्लले घरेलु, हस्तकला लगायत साना र मझौला उद्योगमा लगानी गर्न समेत राजदूत पार्कलाई आग्रह गरे । सेवा क्षेत्र, पर्यटन, कृषि लगायत नेपालका विभिन्न आयोजनामा दक्षिण कोरियाले हालसम्म १२ अर्ब ८१ करोड रुपैयाँ लगानी गरेको छ, जसबाट १२ हजारभन्दा बढीले रोजगारी पाएका छन् । यस वर्ष दक्षिण कोरियाबाट ११ हजार पर्यटक भित्रिएका छन् । भेटवार्तामा राजदूत थेयङले आफ्नो कार्यकालमा नेपालसँगको कूटनीतिक तथा आर्थिक सम्बन्ध थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘नेपाल र दक्षिण कोरियाको सम्बन्ध आगामी वर्ष ५० वर्षमा पुग्दै छ,’ उनले भने, ‘नागरिक नागरिकबीचको सम्बन्धलाई अझ दिगो बनाउन दुवै देशले सहकार्य बढाउनुपर्छ ।’ नेपालमा उत्पादन वस्तुहरू वातावरणमैत्री भएको भन्दै उनले यहाँ उत्पादित वस्तु आफ्नो मुलुकमा निर्यातका पहल गर्ने बताए ।

करको दायरा बढाउन अर्थमन्त्रीसमक्ष चेम्बरको आग्रह

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महतसमक्ष नेपाल चेम्बर अफ कमर्सले करको दायरा बढाउन आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितको टोलीले आज अर्थमन्त्री डा महतलाई भेटेर करको दायरा बढाएर राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न आग्रह गरेको हो । “करको दर वृद्धि गर्नुभन्दा करको दायरा बढाउनुपर्छ, यसका लागि नागरिकतासँगै प्यानकार्डको पनि व्यवस्था गरिनुपर्छ”, चेम्बरले भनेको […]

पीपीएको दर बढाउन ऊर्जामन्त्रीलाई चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सको एक पदाधिकारी टोलीले उपप्रधान एवम् ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङदेनसँग भेटवार्ता गरी पीपीए (ऊर्जा खरिद सम्झौता)को दर बढाउन आग्रह गरेको छ ।

पीपीएको दर बढाउन ऊर्जामन्त्रीलाई चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सको एक पदाधिकारी टोलीले उपप्रधान एवम् ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङदेनसँग भेटवार्ता गरी पीपीए (ऊर्जा खरिद सम्झौता)को दर बढाउन आग्रह गरेको छ ।

आर्थिक विधेयक अघि बढाउन सभामुखलाई चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्शले संसद्मा विचाराधीन रहेका अर्थतन्त्रसम्बन्धी विभिन्न विधेयक अगाडि बढाउन सभामुखलाई आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले मंगलबार सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर मुलुकको अर्थतन्त्रसँग जोडिएका ११ विधेयक अगाडि बढाउन आग्रह गरेका हुन् । अध्यक्ष मल्लले अर्थतन्त्रसँग जोडिएका धेरैजसो विधेयक रोकिँदा निजी क्षेत्रसँग सम्बन्धित कतिपय समस्या सम्बोधन हुने नसकेको बताए । धितोपत्रसम्बन्धी ऐनलाई संशोधन गर्नेसम्बन्धी विधेयक र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन,

अर्थतन्त्रसम्बन्धी विधेयक अगाडि बढाउन सभामुखलाई चेम्बरको आग्रह

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्शले संसद्‍मा विचाराधीन रहेका अर्थतन्त्रसम्बन्धी विभिन्न विधेयक अगाडि बढाउन सभामुखलाई आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आज सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर मुलुकको अर्थतन्त्रसँग जोडिएका ११ विधेयक अगाडि बढाउन आग्रह गरेका हुन् । अध्यक्ष मल्लले अर्थतन्त्रसँग जोडिएका धेरैजसो विधेयक रोकिँदा निजी क्षेत्रसँग सम्बन्धित कतिपय समस्या सम्बोधन हुने नसकेको बताए […]

धितोपत्र, बाफिया, बीमा लगायतका विधेयकहरु अघि बढाउँन सभामुखलाई चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधि सभामा विचाराधिन रहेका अर्थतन्त्रसंग सम्वन्धित बिभिन्न विधेयकहरुलाई अघि बढाउन सभामुख अग्नि सापकोटालाई ध्यानाकर्षण गराएको  छ । सिंहदरवारस्थित सभामुख सापकोटाको कार्यकक्षमा आज भएको भेटबार्तामा चेम्बरले अर्थतन्त्रसंग सम्वन्धित विभिन्न एघार वटा विधेयकहरु अघि बढाउन सभामुख सापकोटाको ध्यानाकर्षण गराएको हो । चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहित पदाधिकारीले सभामुख सापकोटासंग बिचाराधिन अवस्थामा रहेका धेरै विधेयकहरु रोकिँदा नीजि क्षेत्रसंग सम्वन्धित कतिपय समस्याहरु सम्वोधन हुन नसकेको बताएका थिए । धितोपत्र सम्वन्धी ऐनलाई संशोधन गर्ने सम्वन्धी विधेयक अर्थसमितिमा छलफलका क्रममा रहेको छ । यस्तै बैंक तथा वित्तिय संस्था सम्वन्धी ऐन २०७३ लाई संशेधन गर्ने सम्वन्धी ऐन पनि अर्थसमितिमा छलफलकै क्रममा रहेको चेम्बरले जनाएको छ । बीमा सम्वन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि अर्थ समितिमा छलफलकै क्रममा रहेकाले संघीय निर्वाचन अघी अर्थसंग सम्वन्धित सबै विधेयक पारित गर्नका लागि पहल गरिदिन अध्यक्ष मल्लले आग्रह गरेका हुन्। उनले भने, ‘मुलुकको अर्थतन्त्रलाई चलायन बनाउन एवं प्रतिनिधि सभा र संसदीय विभिन्न समितिमा रोकिएका अर्थतन्त्र सम्वन्धित सवै विधेयकहरुलाई संघीय निर्वाचन अघि पारित गराउन म सभामुख ज्यूलाई आग्रह गर्दछु, ।’सभामुख संगको भेटका क्रममा अध्यक्ष मल्लले मुुलुकका व्यवस्थित ढंगले गाँजाको खेती गर्ने वातावरण बनाउन समेत सभामुख लाई आग्रह गरे । गाँजाको व्यवस्थित उत्पादन र निर्यात प्रर्वद्धन गर्न सकिए वर्तमान व्यापार घाटा कम गर्न सकिने अध्यक्ष मल्लको भनाई छ । गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न वनेको विधेयकलाई तत्काल अघि बढाउन पनि अध्यक्ष मल्लले सभामुख सापकोटाको ध्यानकर्षण गराएका छन्। संघीय निर्वाचन अघि अर्थतन्त्रसंग जोडिएका सवै विधेयकहरु पारित भए मुलुकको आर्थिक क्षेत्रले निकास पाउने अध्यक्ष मल्लले बताए ।चेम्बर पदाधिकारीसंगको भेटका क्रममा सभामुख सापकोटाले रोकिएका विधेयकहरुलाई अघि बढाउन आफुले पहल गर्ने प्रतिवद्धता जनाए । सभामुख सापकोटाले भने , ‘केही विधेयकलाई अघि बढाउन सम्वन्धित निकायमा भनिसकेको छु, । बजेटसंग सम्वन्धित विद्येयकहरु करिव करिव सकिएको छ । अरु विधेयकलाई पनि अड्काउन हुँदैन भन्नेमा सचेत छु ।’छलफलका क्रममा रहेका आर्थिक विधेयकहरुका सम्वन्धमा सम्वन्धित समितिका सभापतिहरुसंग जानकारी लिने समेत सभामुख सापकोटाले बताए । सबै आर्थिक विधेयकहरुलाई प्राथमिकतामा राखेर अघि बढाउन आफुले पहल गर्ने सभामुख सापकोटाको भनाई छ । सभामुखसंगको भेटका क्रममा चेम्बरका पदाधिकारीले केही विधेयकहरु संसदीय समितिमा झण्डै चारवर्ष देखि रोकिएको र यसले आर्थिक क्षेत्रमा नकारात्मक असर गरेको भन्दै सभामुख सापकोटाको ध्यानाकर्षण गराएका थिए ।

चीनसँगको व्यापार सहजीकरण र निर्यात बढाउन पहल गर्न चेम्बरको आग्रह

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले चीनसँगको व्यापार सहजीकरणका लागि नवनियुक्त राजदूत विष्णुपुकार श्रेष्ठलाई आग्रह गरेको छ।चेम्बरका पदाधिकारीहरूले राजदूत श्रेष्ठसँग आज (शुक्रबार) भेटवार्ता गरी नेपाल चीन व्यापार सहजीकरण गर्ने विषयमा छलफल भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ।चीनका लागि नवनियुक्त राजदूत श्रेष्ठसँगको भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीच भन्सार सहजीकरणमार्फत नेपालको निर्यात बढाउनुपर्नेमा जोड दिए। उनले नेपालबाट कृषि, हस्तकलाका सामान, मूर्तिजन्य वस्तुको निर्यात प्रवर्द्ध