एसईई नतिजा १० गते सार्वजनिक हुँदै

काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एसईईको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम भइरहेको जानकारी दिनुभयो । उहाँले नतिजामा प्राविधिक रूपमा कुनै समस्या नआओस् भनेर विद्यार्थीको विवरणहरू रुजु गर्ने कामलाई कडाइका साथ निगरानी गरिरहेको बताउनुभयो । अध्यक्ष शर्माले भन्नुभयो, ‘विगतमा नतिजा सार्वजनिक भएपछि कहिले जन्म मिति, कहिले अङ्क, त कहिले के मिस्टेक भयो भन्दै सच्याउन आउनेको भिड हुन्थ्...

सम्बन्धित सामग्री

एसईई नतिजा सार्वजनिक गर्न बोर्डको बैठक बस्दै

काठमाडौं, साउन ११ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक हुँदै छ। नतिजा सार्वजनिक गर्नका लागि दिउँसो २ बजे परीक्षा बोर्डको बैठक बस्दै छ। शैक्षिक सत्र २०७६/२०७७ मा आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक सत्र २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो। परीक्षामा ४ लाख १४ हजार विद्यार्थी सहभागी […]

एसईई नतिजा सार्वजनिक गर्न बोलाइयो बोर्ड बैठक, यसरी हेर्न सकिन्छ नतिजा

११ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक हुँदै छ । नतिजा सार्वजनिक गर्ने निर्णय गर्न आज दिउँसो २ बजे बोर्डको बैठक बोलाइएको छ । परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले नतिजा आज सार्वजनिक हुने जानकारी दिए । उनले भने, ‘हामी अन्तिम तयारीमा छौं । नतिजा बुधबार आउँछ ।’ शैक्षिक सत्र २०७६ र २०७७ […]

चार महिनामा सार्वजनिक हुँदै आएको एसईई नतिजा यो वर्ष दुई महिनामै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ ।  बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यसपटक एसईईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको जानकारी दिँदै प्राविधिकरूपमा...