कानुन पुनरवलोकनमा अनलाइनबाटै सुझाव

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले कार्यान्वयनमा रहेको कानुन संशोधन र नयाँ तर्जुमामा नागरिकले सोझै अनलाइनमार्फत सुझाव दिन मिल्ने गरी एकीकृत सुझाव सङ्कलनको अवधारणा अघि बढाएको छ । मन्त्रालयले छुट्टै संयन्त्र र अनलाइन पोर्टलबाट त्यस्ता सुझाव सङ्कलन गर्न लागेको हो । प्राविधिक परीक्षणको अन्तिम चरणमा उक्त कार्य भइरहेको मन्त्रालयले जनाएको छ । कानुन निर्माणमा नागरिक र सरोकारवालाको सहभागिता कम रहेको तथा स्वार्थ समूहको दबाबमा परिमार्जन हुने गरेको आक्षेप लागेको भन्दै मन्त्रालयले सुझाव सङ्कलनको एकीकृत (प्लेटफर्म) माध्यमको विकास गरेको हो । उक्त प्लेटफर्म कानुन मन्त्रालयको संयोजनमा चल्ने छ । भइरहेका कानुन परिमार्जन र नयाँमा सुझावको छुट्टै भाग पोर्टलमा रहने छ । दीर्घकालीन रूपमा भने मोबाइल एप्समा अपडेट गर्ने मन्त्रालयको तयारी छ ।

सम्बन्धित सामग्री

सर्वोच्च अदालतमा अनलाइन प्रविधिबाटै रिट दर्ता हुने

१ जेठ, काठमाडौं । सर्वोच्च अदालतले मंगलबारदेखि अनलाइनबाटै रिट निवेदन दर्ता गर्न पाउने व्यवस्था गरेको छ । कानुन व्यवसायी र सरोकारवालालाई अदालतमै गएर निवेदन दर्ता गर्नुपर्ने यसअघिको व्यवस्था परिमार्जन गरी सर्वोच्चले अनलाइन माध्यमबाटै पनि निवेदन दर्ता …

कृषि विकास बैंकमा रोजगारीको अवसर, कुन–कुन पदमा दिन सकिन्छ निवेदन ?

कृषि विकास बैंकले विभिन्न तहमा काम गर्ने १५२ कर्मचारीको माग गरेको छ । बैंकले शुक्रबार सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।बैंकले प्रशासन तर्फ शाखा प्रमुखमा ५, व्यवसाय अधिकृत ४७, कम्प्यूटर अधिकृत १७, सिभिल इन्जिनियर ३, कर्जा अधिकृत १२ जना र व्यवसाय सहायकमा २३ जनाको लागि आवेदन खुला गरेको छ ।  यस्तै, बैंकले कानुन सहायक ६, ऋण सहायक ५, लेखापाल ३४ जना कर्मचारी माग गरेको छ । बैंकका अनुसार दरखास्त फारम अनलाइनबाट भर्न सकिन्छ । दरखास्त साउन १२ गतेसम्म अनलाइनबाटै दिन सकिनेछ । यता, साउन १९ गतेसम्म