कतार जाने भन्दा फर्कने कामदार बढी

विगत एक वर्षमा रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको तुलनामा स्वदेश फर्कनेको संख्या बढी रहेको देखिएको छ ।नेपाल सरकारले फर्कने नेपालीको संख्या नराख्ने गरेका कारण कति नेपाली फर्के भने जानकारी नै हुने गरेको थिएन । कतार जानेभन्दा फर्कने नेपालीको संख्या बढी हुनु मानव संशाधन विकासका दृष्टिकोणले नेपाललाई फाइदा हुने भएपनि आगामी वर्षमा कतारबाट आउने रेमिट्यान्समा भने असर पर्ने देखिन्छ । कतारमा हुने विश्वकप फुटबलका लागि पूर्वाधारनिर्माणको काम अन्तिम चरणमा पुगेसँगै त्यहाँ कार्यरतअदक्ष नेपाली श्रमिकको संख्या घट्दै गइरहेको देखिएको हो ।

सम्बन्धित सामग्री

कतार जानेभन्दा फर्कने नेपाली कामदार बढी

काठमाडौंः विगत एक वर्षमा रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको तुलनामा स्वदेश फर्किनेको सङ्ख्या बढी रहेको देखिएको छ । नेपाल सरकारले फर्कने नेपालीको संख्या नराख्ने गरेका कारण कति नेपाली फर्के भने ...