ढाड दुख्छ? थेरापी गराउनुहोस्

हिजोआज ढाड दुख्ने समस्या बढिरहेको छ। ढाड दुख्ने थुप्रै कारणहरु भए पनि मुख्य रुपमा हेर्दा तीनवटा छन्। १.जीवनशैली २.उमेर ३.हाड र जोर्नीका मांसपेसी कमजोर भएर भिटामीन ‘बी–१२’, भिटामीन ‘डी–३’, क्याल्सियम जस्ता हाम्रो शरीरलाई चाहिने आवश्यक तत्वहरु कम हुँदा र मधुमेहका रोगीलाई ढाड दुख्ने समस्या हुन्छ। सहरी क्षेत्रको तथ्यांक हेर्ने हो भने दस जनामा सात जनालाई…

सम्बन्धित सामग्री

धेरै रोगको एउटै उपचार पद्धति लेजर थेरापी

मानिसको उमेरसँगै हड्डी खिइने, नशा च्यापिने जस्ता समस्या देखा पर्दछन्। यस्ता रोगको विकिरणका माध्यमद्वारा उपचार गर्ने पद्धति लेजर थेरापी हो। लेजर थेरापीबाट नशा च्यापिने, हड्डी खिइने, गर्धन, कुम, ढाड, घुँडा एवम् कुइनाको समस्या जस्ता चार सय किसिमका रोगको उपचार गर्न सकिने चिकित्सक बताउछन्। लेजर थेरापी भनेको कस्तो उपचार पद्धति हो ? यो कुन कुन रोगको […]

आयुर्वेदमा आकर्षण, कर्मचारी कम हुँदा सेवा प्रवाहमा समस्या

तनहुँ । तनहुँको व्यास नगरपालिका–१ निवासी गङ्गाप्रसाद पोख्रेललाई ढाड दुख्ने समस्या थियो । उपचारका लागि धेरैतिर चहार्दा पनि उहाँको समस्या समाधान भएन । जिल्ला आयुर्वेद कार्यालय तनहुँले सञ्चालनमा ल्याएको फिजियोथेरापी सेवाले उहाँको ढाड दुःखाइ निको हँुदै गएको छ । “आयुर्वेद कार्यालयमा आउँदा लौरो टेकेर आएको थिएँ, सात÷आठ दिन थेरापी गरेपछि राहत महसुस हुँदै गएको छ,” […]

म्याग्दीमा तातोपानीबाट उपचार गर्ने अस्पताल बन्दै

म्याग्दी । म्याग्दीको सिंगा तातोपानीमा नेपालकै पहिलो ‘पानीबाट उपचार गर्ने अस्पताल’ निर्माण गरिने भएको छ । प्राकृतिक चिकित्सालयका नामले चर्चित बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डको पानी प्रयोग गरेर प्राकृतिक चिकित्सा सेवा सञ्चालनको तयारी थालिएको हो ।      तातोपानी कुण्डको व्यवस्थापन, प्रचारप्रसार र विकासका लागि सक्रिय रहेको तातोपानी कुण्ड व्यवस्थापन समितिले प्राकृतिक रूपमै आउने ५० डिग्री सेल्सियस तापक्रमको तातोपानी प्रयोग गरेर जल चिकित्सा, अकुपञ्चर, योग, फिजियो थेरापी, मसाज थेराप सेवासहितको प्राकृतिक चिकित्सालय बनाउन लागिको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए । उनका अनुसार प्राकृतिक अस्पताल निर्माणका लागि गत आर्थिक वर्ष संघीय सरकारबाट प्राप्त ५० लाख र कुण्डको आन्तरिक आम्दानी ५० लाख गरी १ करोड लगानीमा अस्पतालमा आवश्यक पर्ने पूर्वाधार निर्माण गरिएको छ । साथै गत आर्थिक वर्षमै गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको बजेटबाट प्राकृतिक चिकित्सालयका लागि आवश्यक पर्ने थेरापीका उपकरण खरीद गरिएकोे छ । त्यसैगरी कुण्डको आन्तरिक आम्दानीबाट तलब र सेवासुविधा दिनेगरी एक प्राकृतिक चिकित्सकको व्यवस्था गरिएको छ । चिकित्सालयमा प्रदान गरिने सेवामध्ये मसाज थेरापी तथा योगाभ्यासका लागि तालीमप्राप्त जनशक्तिको आवश्यकता पर्ने भएकाले अहिले तालीम सञ्चालन भइरहेको र दशैंपछि बिरामीको उपचार शुरू गर्ने तयारी गरिएको तातोपानी सामुदायिक प्राकृतिक चिकित्सालयका प्राकृतिक चिकित्सक डा. आयुशा अधिकारीले जानकारी दिइन् । अस्पतालमा तत्कालका लागि फिजियो थेरापिष्ट, मसाज थेरापिष्ट र नर्सिङ स्टाफसहित १५ भन्दा बढी स्वास्थ्यकर्मीको आवश्यक पर्ने उनको भनाइ छ । तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार अहिले तत्कालका लागि पाँच शय्या तयार गरिएको छ । परम्परागत रूपमा तातोपानी कुण्डमा डुबुल्की मारेर उपचार गराउँदै आएका बिरामीलाई विकसित चिकित्सकीय पद्धति र प्रविधिको प्रयोग गरी अत्याधुनिक रूपमा सेवा प्रदान गर्न प्राकृतिक अस्पताल सञ्चालन गर्न लागिएको सचिव केसीको भनाइ छ । अस्पताल सञ्चालनमा आएपछि जलचिकित्सा, योगासन, अकुपञ्चरलगायत विधिबाट बिरामीको उपचार गरिने केसीले बताइन् । म्याग्दी नदीको किनारमा जमीनभित्रबाट बीरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेमा चर्मरोग, बाथरोग, ढाड दुख्ने, सुन्निएको, मर्किएको लगायत समस्या निको हुने विश्वासका साथ यहाँ वर्षेनि हजारौंको संख्यामा मानिस आउँछन् । पछिल्लो समय प्राकृतिक उपचारप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएपछि जिल्लाका अन्य तातोपानी कुण्डलाई पनि व्यवस्थित गर्न थालिएको छ । म्याग्दीमा साना–ठूला गरी करीब एक दर्जन तातोपानीका कुण्ड छन् । रासस

ढाडकाे दुःखाइ लगायतका रोगको उपचारमा मौरी थेरापी प्रभावकारी

ढाड दुखाइ तथा विभिन्न रोगको समस्यामा हुनुभएको पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई मौरी थेरापी (एपि थेरापी) अचुक औषधि बनेको छ ।

सल्लेमा फिजियोथेरापी

रुकुमपश्चिमको जिल्ला अस्पताल सल्लेबाट फिजियोथेरापी सेवा दिन थालेपछि थेरापी गराउनुपर्ने बिरामीलाई राहत भएको छ। जिल्लामै पहिलो पटक फिजियोथेरापी सेवा दिन थालिएपछि हाडजोर्नी तथा नसाको समस्या भएका बिरामीलाई फाइदा भएको छ। मुसीकोट नगरपालिका–१, मठका अमृता विकले जिल्लामै फिजियोथेरापी सेवा पाउँदा आफूलाई सहज भएको बताउनुभयो। ढाड र कम्मरको उपचारका लागि महिनामा दुई पटक दाङ वा नेपालगञ्ज जानैपर्ने बाध्यता हटेको उहाँको भनाइ छ।