स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य क्षेत्रको सुदृढीकरण कुनै पनि आकस्मिक अवस्थाको तयारी र प्रतिकार्यको प्रयासहरुको अभिन्न अंग हुनुपर्ने बताएका छन् । विश्व स्वास्थ्य संगठन क्षेत्रीय समितिको दक्षिणपूर्व एसियाको ७५ औं अधिवेशनमा भाग लिन भुटान पुगेका स्वास्थ्य राज्यमन्त्री केसीले सो अवसरमा बहुजोखिमका जनस्वास्थ्यका आकस्मिक अवस्थाहरूलाई सामना गर्न सक्षम स्वास्थ्य क्षेत्र तयार गर्नका लागि धेरै लगानी तथा मिहिनेत गर्नुपर्ने बताएका हुन् ।उनले भने, ‘महामारीको बिचमा पनि