अमेरिकाले कात्तिक १८ देखि मलेसियाको स्मार्ट ग्लोभ ब्रान्डको पञ्जालाई आफ्नो बजारमा प्रवेश गराउन रोक लगाएको छ । सन् २०२१ मा विश्व बजारमा ‘ब्रान्डिङ’ को उत्कृष्ट अवार्ड पाएको स्मार्ट ग्लोभ उत्पादनमा संलग्न नेपालीसहित विदेशी श्रमिकलाई बाध्यकारी श्रममा लगाइएको भन्दै अमेरिकाले बिक्रीवितरण गर्न रोक लगाएको हो ।