बाँके : बाँकेको भेरी अस्पताल नेपालगन्जमा केही दिनअघि डाक्टर र नर्समाथि आक्रमण गर्ने तीनै जना आज (आइतबार) रिहा भएका छन्। उनीहरू तीनै जना जनही ५०/५० हजार धरौटी बुझाएर रिहा भएका हुन्।जिल्ला अदालत बाँकेका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले अस्पतालका डाक्टर र नर्समाथि आक्रमण गर्ने तुलसीपुर उपमहानगरपालिका–११ का मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई जनही ५०/५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका श्रेस्तेदार तीर्थराज भट्टले जानकारी दिए।उनीहरूविरुद्ध ज्यान