कम्युनिस्ट नेता सीताराम येचुरीलाई पुत्रशोक, ३४ वर्षकै उमेरमा कोरोनाले लियो ज्यान

भारतीय कम्युनिस्ट पार्टीका वरिष्ठ नेता सीताराम येचुरीलाई पुत्रशोक परेको छ । कोरोना भाइरस संक्रमणबाट बिरामी परेका नेता येचुरीका छोरा आशिषको ३४ वर्षकै उमेरमा मृत्यु भएको हो । भारतको मेदान्त अस्पतालमा उपचाररत आशिषको कोरोनाले मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आशिषको स्वास्थ्यमा सुधार हुँदै गएपनि बिहीवार बिहान साढे ५ बजे अकस्मात मृत्यु भएको जनाइएको छ । नेता येचुरीले ट्विटरमा लेखेका छन्, ‘मैले दुःखका साथ भन्नुपरेको छ कि मेरो जेठो छोराको कोरोनाका कारण निधन भयो । छोराको स्वास्थ्य लाभको कामना गर...

सम्बन्धित सामग्री

सशस्त्र ‘जनयुद्ध’मा सीताले यसरी जोगाएकी थिइन् प्रचण्डलाई

काठमाडौं । सीता दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनसंगिनी मात्रै नभएर प्रचण्डलाई प्रचण्ड बनाउन पनि उनको ठूलो भूमिका रहेको छ । चाहे सशस्त्र ‘जनयुद्ध’का बेला होस्, चाहे शान्तिपूर्ण राजनीतिमा, उनले प्रचण्डलाई आफूले जानेको सल्लाह र सुझाव दिइरहिन् । १५ वर्षकै उमेरमा प्रचण्डलसँग वैवाहिक जीवनमा बाँधिएकी सीता २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध भएकी थिइन् । […] The post सशस्त्र ‘जनयुद्ध’मा सीताले यसरी जोगाएकी थिइन् प्रचण्डलाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ईश्वर पोखरेल : युवा प्रतिस्पर्धीलाई रोक्दै जित जोगाउने चुनौती

२० माघ २०१० मा ओखलढुंगामा जन्मिएका ईश्वर पोखरेल अहिले टोखा, काठमाडौंका स्थायी बासिन्दा हुन् । स्नातक तहसम्मको अध्ययन पूरा गरेका उनी २०२४ देखि राजनीतिमा छन् । उनले २०२७ सालमा १७ वर्षकै उमेरमा नेपाल कम्युनिस्ट पार्टी (पूर्व कोशी प्रान्तीय कमिटी)को सदस्यता पाएका थिए । २०३० सालबाट भूमिगत राजनीति सुरु गरेका पोखरेल २०३५ मा नेकपा (माले)को संस्थापक […]