बाबाको नाममा ठगी धन्दा गरेको आरोप, पालिकामा उजुरी नहुँदा कार्बाही गर्न समस्या

मोरङको लेटाङ नगरपालिकास्थित जाँतेमा झारफुकबाट उपचार गरिने नाममा सर्वसाधारण ठगी हुँदै आएका छन्। लेटाङ नगरपालिकाकी उपमेयर कृष्णकुमारी निरौलाका अनुसार धामीझाक्रीको भरमा झारफुक गर्दै बिरामी निको पार्ने कार्यको गुनासो बढ्दै गएको हो । उपमेयर निरौलाको घरबाट करिब १ किलोमिटरको दुरीमा शिवशक्ति बाबाले परिचित हुँदै गएका मिलन भनिने सुजनकुमार पूर्वछाने मगरको लोकप्रियता सामाजिक सञ्जालदेखि सर्वसाधारणमा बढ्दो छ […]