विश्वका धेरै मुलुकमा मानिसहरूको औसत आयु ६० देखि ६५ वर्ष रहेको छ । यसैबीच वैज्ञानिकहरूले मानिसको आयु बढाउन लगातार नयाँ–नयाँ प्रयोग गरिरहेका छन् । एक वैज्ञानिकले यस्तो सम्मको दाबी गरेका छन् कि चाँडै नै मानिस १८० वर्षसम्म बाच्न सक्छन् । तर यो अहिले नै होइन ।अबको ८० वर्षमा मानिसको आयु १३० वर्ष सम्म हुन सक्ने ती वैज्ञानिकको दाबी छ । उनका अनुसार शताब्दीको अन्त्यसम्ममा मानिसको आयु १८० वर्षको हुन सक्नेछ यो अचम्म लाग्दो दाबी एचइसी मन्ट्रियलका प्राध्यापक लियो बेल्जिलले गरेका हुन् । सबैभन्दा बढी उमेर