असार १६, काठमाडौं । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच प्रहरीको तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।
प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमका बीच बुधवार प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक निरजबहादुर शाही र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणुमार श्रेष्ठले प्रहरी उक्त समझदारी–पत्रमा हस्ताक्षर गरी एक आपसमा समझदारीपत्र आदान प्रदान गरेका हुन् ।
नेपाल प्रहरीको तलवी बचत खाता आगामी पाँच वर्षका लागि थप सेवासहित नविकरण गर्ने तथा विना धितो पेशाकर्मी सरल कर्जा उपलब्ध गराउने गरी उक्त समझदारी–पत्रमा हस्ताक्षर भएको हो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कोभिड–१९ को विषम परिस्थितिमा प्रहरी कर्मचारीको स्वास्थ्य हितका लागि १० हजार थान सर्जिकल मास्क र स्यानिटाइजर हस्तान्तरण गरेका थिए ।