सीमित सूचक देखाएर दाहालले दाबी गरे समग्र अर्थतन्त्रका उपलब्धि

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसद्को प्रतिनिधिसभामा शुक्रबार पाँचौं पटक विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने क्रममा अर्थतन्त्रका सीमित सूचक देखाएर समग्रतामै उपलब्धि भएको दाबी गरेका छन् । विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्स, शोधनान्तर, ब्याजदरलगायत बाह्य सूचकबारे लामो चर्चा गरिरहँदा उनले राजस्व, पुँजीगत खर्च, सरकारी खर्चमा बेथिति, उद्योग, निर्माणलगायत क्षेत्रबारे चर्चै गरेनन् ।