सरकारले खुद्रा बजेट ल्यायो : सांसद दाहाल

बागमती प्रदेशसभा सदस्य लेखनाथ दाहालले तीनै सरकारसँगको सहकार्यमा कोरोना विरुद्धको खोप खरिदका लागि केन्द्रीत हुनुपर्ने र आवश्यक बजेट विनियोजन गर्नुपर्ने बताए । बिहीबार बसेको प्रदेशसभाको बैठक माथि छलफलमा भाग लिँदै उनले बागमती प्रदेश सरकारको बजेट खुद्रा भएको भन्दै प्रदेश सरकारले बजेट ल्याउँदा थोक र परिणाममुखी बजेट ल्याउनुपर्ने बताए ।जनताका इच्छा आकांक्षाअनुसार बजेट नआएको भन्दै बजेटमा व्यापक संशोधन गर्न माग गरे । विगतका बजेटहरुको समिक्षा गर्न छोडेर सरकार मन्त्री र सत्तापक्षका सांसदहरुको इच्छाअनुसार ब