किन कर्मचारी विद्यालय फेरि बन्द गराउने तयारीमा छन् ?

काठमाडौं : नेपाल विद्यालय कर्मचारी परिषद्ले माग पूरा गर्न सरकारलाई वैशाख ३० सम्म अल्टिमेटम दिएको छ।सरकारले पटक पटक माग पूरा गर्न आश्वासनमात्रै दिएको भन्दै अल्टिमेटम दिएको र यो समयसम्म माग पूरा नभए पुनः अनिश्चितकालीन विद्यालय बन्द गर्ने चेतावनी दिएको हो।नेपाल विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले हालसम्म सरकारले झुलाएकाले अबको विकल्प विद्यालय बन्द नै गराउने रहेको बताए।उनले भने, ‘२०६३, ०६४, ०६६, ०६७, ०७१‚ ०७५ र ०७९ सालमा सम्झौता भएको छ तर हालसम्म मागहरू कार्यान्वयनमा आएको