मकै बालीमा फौजी कीराको प्रकोप

म्याग्दी । म्याग्दीमा लगाइएको मकै बालीमा उम्रिनेबित्तिकै फौजी कीराले नोक्सानी गरेपछि यहाँका किसान समस्यामा छन् । कीराका कारण यस वर्ष मकै उत्पादनमा कमी आउने भएको छ । मकैबाली हुर्कंदै गरेको अवस्थामा फौजी कीराले बालीमा धेरै क्षति पुर्‍याएको गुनासो आएको स्थानीय तहका कृषि शाखाले बताएको छ । स्थानीय तहका कृषि प्राविधिकका अनुसार फौजी कीराको प्रकोपबारे सचेतना जगाइएको भए पनि समयमै यसको रोकथाम गर्न नसकिँदा मकै बालीमा ठूलो क्षति पुगेको छ । मङ्गला गाउँपालिकाका कृषि शाखाका प्राविधिक जगत बानियाँले फौजी कीराको प्रकोप व्यापक फैलिएको जानकारी दिए । किसानले विषादीसमेत प्रयोग गरिरहे पनि नियन्त्रणमा आउन नसकेको उनले जानकारी दिए । रासस

सम्बन्धित सामग्री

मकैमा यो पटक पनि फौजी कीरा

सर्लाही । सर्लाहीका किसानले लगाएको मकै बालीमा यो वर्ष पनि फौजी कीराले क्षति पुर्‍याउन थालेको छ । भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकै बाली फौजी कीराले नष्ट गर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् ।