काठमाण्डाै - देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । धेरै ठाउँमा बिहानैदेखि हुस्सु कुहिरो लागेको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्न थालेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज धेरै ठाउँमा बादल लाग्ने सम्भावना छ । आज केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने उहाँले बताउनुभयो ।
भोलि र पर्सि पानी पर्ने अनुमान छ । खासगरी पश्चिमी क्षेत्रमा भोलि र पर्सि लगातारजसो पानी पर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमी क्षेत्रको तुलनामा मध्य र पूर्वी क्षेत्...