साथीभाइको विदेश जाने लहर थियो । मामा किरण नेपालीले टर्की जाने कुरा सुनाउनुभयो । मैले भर्खर १२ कक्षाको पढाइ सकेको थिएँ । मलाई पनि जाऊँ जाऊँ लाग्यो । २२ वर्षको उमेरमा युरोप छिरेर ‘सेटल’ हुन पाए भविष्य बन्छ भन्ने थियो । टर्कीमा बस्दै आएकी दमक–८ की गीता काफ्ले एजेन्ट रहिछिन् । मामाले भेट गराउनुभयो । […]