चितवन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले १८ वर्षभन्दा मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको फाइजर र मोडेर्ना खोप आउँदो दसैँसम्म आइपुग्ने बताएका छन् ।
आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बालबालिकाका लागि मोडेर्ना र फाइजर खोप आउने सुनिश्चित भइसकेको बताए । एक लाख डोज मोडेर्ना खोप दसैँसम्म आइपुग्ने उनले जानकारी...