काठमाडौँ महानगरविरुद्ध फुटपाथ व्यवसायीको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – फुटपाथ व्यापारीहरुले काठमाडौँ महानगरपालिकाविरुद्ध प्रदर्शन गरेका छन्। संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिको आयोजनामा महानगरविरुद्ध विरोध प्रदर्शन भएको हो। शान्तिबाटिकाबाट जुलुससहित प्रदर्शन गरेका उनीहरुल काठमाडौँ प्लाजा पुगेर धर्ना दिएका थिए। काठमाडौँ महानगरविरुद्ध फुटपाथ व्यापारीहरु निरन्तर आन्दोलित छन्।

सम्बन्धित सामग्री

ईःको समर्थनमा फुटपाथ व्यवसायीको प्रदर्शन

९ असोज, काठमाडौं । फुटपाथ व्यवसायीले अभियन्ता ईःको समर्थनमा राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरेका छन् । सयौंको संख्यामा भेला भएका फुटपाथ व्यवसायीले ईःको समर्थनमा मंगलबार प्रर्दशन गरेका हुन् । फुटपाथ व्यवसायी माथि महानगरपालिकाले क्रुरतापूर्ण व्यवहार गरेको, सडकका किनारामा व्यवसाय गर्ने साना व्यवसायीलाई लखेटेको लगायतको विरोधमा अभियन्ता ईः ८ दिनदेखि राष्ट्रिय सभागृह अगाडि उभिइरहेका छन् । […]