कालीगण्डकीको बिजुली भारतमा बिक्री सुरु, प्रतियुनिट १९ रुपैयाँसम्ममा बिक्यो

काठमाडौं : नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट क्षमताको कालीगण्डकी 'ए' विद्युतगृहबाट उत्पादित विद्युत भारतमा बिक्री सुरु भएको छ। प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत शनिवार राति १२ बजेबाट निर्यात सुरु गरेको हो। प्राधिकरणले विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)मा बिहीवारबाट त्रिशूली र देवीघाट जलविद्युगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा करिब…

सम्बन्धित सामग्री

पन्ध्र अर्बको बिजुली निर्यात

नेपाल विद्युत् प्राधिकरणले यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपियाँ बराबरको विद्युत् भारत निर्यात गरेको छ । प्राधिकरणले जेठ २८ गतेदेखि भारतमा विद्युत् निर्यात सुरु गरेको थियो । प्राधिकरणका अनुसार मङ्सिर २० गतेसम्म एक अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् भारतमा बिक्री गरिएको हो । प्राधिकरणले प्रतियुनिट औषत आठ रुपियाँ ७७ पैसाको दरले विद्युत् निर्यात गरेको जनाएको छ । सो अवधिमा दैनिक अधिकतम सात सय मेगावाटसम्म विद्युत् निर्यात भएको प्राधिकरणले जानकारी दिएको छ ।

कालीगण्डकीको बिजुली प्रतियुनिट १९ रुपियाँले भारतमा बिक्री सुरु

नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत शनिबार राती १२ बजेदेखि भारत निर्यात सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत आजबाट निर्यात सुरु गरेको हो ।