बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको मर्म र भावनालाई अक्षरश: पालना गर्दै कार्यान्वयन गर्नु सबैको दायित्व भएको बताएका छन् । संविधान दिवस २०७९ को शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले संविधानको मर्म र भावनालाई अक्षरश पालना गर्नु सबैको दायित्व भएको बताए । आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरी संविधान जारी गरिएको उनले बताए ।शर्माले शुभकामना