नेकपा दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा संसद् पुन:स्थापनाको माग गर्दै काठमाडाैंको टुँडिखेल वरिपरि मानव साङ्लोसहितको विरोध प्रदर्शन गरेको छ । संसद् विघटन, महिला हिंसा, महँगी र भ्रष्टाचारका मुद्दासमेत जोडिएको यो प्रदर्शनमा नेकपाका कार्यकर्ताहरुले विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शनमा सहभागी थिए । समूहको चौथो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत बिहीबार मानव साङ्लो सहितको प्रदर्शन गरिएको हो ।