एजेन्सी। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले यसै महिना हुन लागेको विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)को बैठकमा ताइवानलाई निमन्त्रण गरेपछि चीनले आलोचना गरेको छ। ताइवानलाई चीन आफ्नो हिस्सा मान्छ।ताइवानसँग कुनै स्वतन्त्र राष्ट्रको जसरी विदेशसँग सम्बन्ध राख्ने र विश्व संगठनहरुको हिस्सा बन्ने अधिकार नरहेको चीनको भनाइ छ। चीनको विदेश मन्त्रालयले डब्ल्यूएचओ बैठकमा ताइवानलाई बोलाउनु ‘एक चीन नीति’ विपरीत रहेको बताएको छ।