कोशीमा मन्त्रीमण्डल विस्तार : पाँच मन्त्री र दुई राज्यमन्त्री थपिए

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले शुक्रबार नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका दुई मन्त्री र एक राज्यमन्त्रीलाई समावेश गरेर मन्त्रीमण्डल विस्तार गरेका हुन् ।

सम्बन्धित सामग्री

मधेसमा मन्त्रीमण्डल विस्तार भद्रगोल

जनकपुरधाम – मधेस प्रदेशमा मन्त्रीमण्डल विस्तारमा भद्रगोल भएको छ। मुख्यमन्त्री सरोजकुमार यादव नेपाली कांग्रेस र नेकपा एसलाई सरकारमा सहभागी गराउन लाग्दा नेकपा माओवादी केन्द्र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ। पर्यटन, वन तथा वातावरण मन्त्री सुनिता यादव र राज्यमन्त्री रहबर अन्सारीलाई फिर्ता बोलाउने नेकपा माओवादी केन्द्र संसदीय दलले निर्णय गरेको छ। मन्त्रालयको विषयलाई लिएर जनमतले […]

सरकारमा नयाँ अनुहारको बाहुल्य

काठमाडौं । मन्त्रिपरिषद् विस्तारसँगै सरकारमा नयाँ अनुहारहरूको बाहुल्य रहेको पाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्व सरकारले प्रतिनिधिसभाबाट विश्वासको मत लिएसँगै मंगलबार दोस्रोपटक मन्त्रीमण्डल विस्तार गर्नुभएको हो । यसअघि गत पुस ११ गते पहिलोपटक मन्त्रीमण्डल विस्तार गरिएको थियो । मन्त्रीमण्डलको विस्तारसँगै प्रधानमन्त्री, ४ उपप्रधानमन्त्री, १५ मन्त्री र ३ राज्यमन्त्री गरी सरकारमा सामेल हुनेको […]

बागमतीमा मन्त्रीमण्डल विस्तार

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । मुख्यमन्त्री शाक्यले बुधवार ६ मन्त्री र चार राज्यमन्त्री थप गरेकी हुन् । प्रदेशका नेकपा (एमाले)का संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले नवनियुक्त मन्त्रीले बुधवार नै प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष शपथ ग्रहण गरेको जानकारी दिएका छन् । मन्त्रिपरिषद्मा एक मन्त्रीसहित दुई राज्यमन्त्री महिला छन् । आर्थिक मामिला तथा योजनामन्त्रीमा रचना खड्का, आन्तरिक मामिला तथा कानूनमन्त्रीमा डा अजयक्रान्ति शाक्य, भौतिक पूर्वाधार, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा शान्तिप्रसाद पौडेल, सामाजिक विकासमन्त्रीमा विजयराज सुवेदी, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा चन्द्रबहादुर लामा र स्वास्थ्यमन्त्रीमा प्रदीप कटुवाल नियुक्त भएका छन् । प्रदेश सरकारका प्रवक्ता केशवराज पाण्डेका अनुसार भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा जीवन खड्का, सामाजिक विकास राज्यमन्त्रीमा जुनेली श्रेष्ठ, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा सरस्वती बाटी र भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा बद्री मैनाली नियुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्य मन्त्रालयलाई अलग गरिएको छ । रासस

मन्त्रीमण्डल विस्तार हुँदा केही मन्त्रीको जिम्मेवारी हेरफेर हुने

सरकारमा रहेका केही मन्त्रीको समेत जिम्मेवारी हेरफेर हुने भएको छ । सरकारमा हाल कानुनमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चारमन्त्री बनाउने प्रधानमन्त्री देउवाको आन्तरिक तयारी छ ।यस्तै, स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयबाट हटाएर अन्य मन्त्रालयमा फुल मन्त्री बनाउने तयारी रहेको छ । कानुन मन्त्रालय भने कांग्रेसकै भागमा हुनेछ । सो मन्त्रालयको जिम्मेवारी भने नेत्री पुष्पा भुसाललाई दिने तयारी भएको छ ।२९ असारमा प्रधानमन्त्री बनेका देउवाले आफ्नै दल कांग्रेस र माओवादी