सीमावर्ती जंगलमा नेपालीको हत्या, भारतीय वनरक्षकले गोली चलाएको आशंका

काठमाडौं : बर्दियाको सीमावर्ती जंगलमा निगुरो टिप्ने गएका एक नेपालीको गोली हानी हत्या भएको छ।गुलरिया नगरपालिका-३ बनकट्टा गाउँका ५४ वर्षीय हेमराज गोडियाको हत्या भएको बर्दियाका डिएसपी सूर्यप्रकाश सुवेदीले थाहा खबरलाई जानकारी दिए। उनका अनुसार गोली कसले र किन चलायो भन्ने बारेमा खुलिसकेको छैन।बिहीबार साँझ निगुरो टिप्न एक्लै जंगल गएका हेमराजले आफूलाई गोली लागेको कुरा परिवारलाई फोन गरेर सुनाएका थिए। लगत्तै परिवारले खोज्न जाँदा खुट्टामा गोली लागेको अवस्थामा फेला पारेका गोडियाका परिवारलाई उद्धृत गर्दै डिए