मध्य भोटेकोशीले आईपीओ विक्रि स्थगित गर्यो

काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत कम्पनीले स्थानीय बासिन्दाको लागि विक्रिमा ल्याएको आईपीओ विक्रि स्थगित गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै वैशाख २१ गतेबाट विक्रि खुल्ला गरेको आईपीओ परिस्थिति ठिक नभएसम्मका लागि स्थगित गरेको जानकारी गराएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रतिशेयर १०० अंकितमुल्यका ६० लाख कित्ता साधारण शेयर निष्कासन गरेको थियो […]

सम्बन्धित सामग्री

मध्य भोटेकोशी जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

साउन ३२, काठमाडौं । साउन ५ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि जारी भएको मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज (सोमवार) अन्तिम दिन रहेको छ । कम्पनीले आईपीओमा छिटो अवधि साउन १७ गतेभित्र माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि साउन ३२ सम्म विक्री गरेको हो ।  कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती र मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग र मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दा तथा आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरु समेतको लागि कुल ६० लाख कित्ता आईपीओ विक्री खुला गरेको हो ।  यसअघि वैशाख २१ गते गतेदेखि आईपीओ विक्री खुला गरेको कम्पनीले त्यस क्षेत्रमा निषेधाज्ञा भएपछि वैशाख २४ गतेदेखि विक्री कार्य स्थगित गरेको थियो । उक्त शेयर अवस्था सामान्य भएसँगै कम्पनीले पुनः विक्रीमा ल्याएको हो ।  कम्पनीले कुल कित्तामध्ये आयोजना क्षेत्रका सिन्धुपाल्चोक जिल्लाको स्थानीयका लागि १८ लाख कित्ता र सोही जिल्लाका अन्य बासिन्दाका लागि ४२ लाख कित्ता आईपीओ विक्री खुला गरेको हो । यो शेयरको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।  विक्री प्रबन्धकसँगै यस आईपीओ खरीदका लागि सिन्धुपाल्चोक जिल्लामा ३६ ओटा र काठमाडौं जिल्लामा ७ ओटा संकलन केन्द्र तोकिई आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था गरिएको छ ।  साथै नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू मार्फत पनि आवेदन बुझाउन सकिने व्यवस्था छ । आईपीओ खरीदका लागि न्यूनतम ५० कित्ता र अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सकिने व्यवस्था छ । सर्वसाधारणका लागि रू. १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न वैशाख ५ गते नै बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरको शेयर आयोजना प्रभावितमा विक्री गर्न लागेको हो ।  स्थानीयपछि दोस्रो चरणमा १५ प्रतिशतका दरले रू. ९० करोड बराबरको ९० लाख कित्ता आम सर्वसाधारणमा विक्री गर्नेछ । यसअघि कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५० करोड रहेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुग्नेछ ।

मध्य भोटेकोशी जलविद्युतको आईपीओमा मागभन्दा २.६१ गुणा बढी आवेदन

साउन २५, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओमा  हालसम्ममा मागभन्दा २ दशमलव ६१ गुणा बढी आवेदन परेको छ ।   विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइतवार साँझ सम्ममा ७५ हजार २६८ जनाले १ करोड ५७ लाख १ हजार २६४ कित्ताका लागि आवेदन परेको जानकारी गराएको हो । कम्पनीले साउन ५ गतेदेखि सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका लागि कुल ६० लाख कित्ता आईपीअ‍ो निष्कासन गरेको हो । कुल कित्तामध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं (साविक लिस्ती गाविस र मार्मिङ गाविस) १ र ५, बाह्रविसे नगरपालिका वडा नं ५ र ६ (साविक गाती गाविस) तथा बाह्रविसे नगरपालिका वडानं ७ र ८ (साविक घुमथाङ गाविस र मानेश्रा गाविस) का बासिन्दाका लागि  १८ लाख कित्ता र माथि उल्लेखित स्थानीय बाहेकका सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानियका लागि ४२ लाख कित्ता आईपीओ छुट्याएको छ ।  आवेदकले उक्त शेयर खरीदका लागि आवेदन दिँदा न्यूनतम ५० कित्ता देखि ४०० कित्ता सम्ममा आवेदन गर्न सक्नेछन् । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आवेदकले साउन १७ गतेसम्म आवेदन दिन सक्नेछन् ।  उक्त समयमा माग अनुसार आवेदन नपरेमा भने साउन ३२ गतेसम्म आवेदन गर्न पाउने कम्पनीले जानकारी गराएको छ । सिन्धुपाल्चोक जिल्लामा ३६ ओटा र काठमाडौंमा ७ ओटा संकलन केन्दबाट दरखास्त फारम भर्न र रकम बुझाउन सकिनेछ ।  साथै आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आईपीओ भर्न सकिनेछ । कम्पनीले यसअघि वैशाख २१ गतेदेखि आईपीओ विक्री खुला गरेकोमा कोरोना भाइरस रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण वैशाख २४ गतेदेखि स्थगित भएको थियो । कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि निष्कासन गरेपछि दोस्रो चरणमा ९० लाख कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

मध्य भोटेकोशी जलविद्युतको आईपीओमा आवेदन दिने अवधि थप

साउन १७, काठमाडौं । साउन ५ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि जारी भएको मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको आईपीओमा साउन ३२ गतेसम्म विक्रीमा रहने भएको छ ।  कम्पनीले आईपीओमा छिटो अवधि साउन १७ गतेभित्र माग बमोजिम आवेदन पर्ने नदेखिएपनि ढिलो अवधि साउन ३२ सम्मको मिति तोकिएको हो ।  कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती र मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग र मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दा तथा आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरु समेतको लागि कुल ६० लाख कित्ता आईपीओ विक्री खुला गरेको हो ।  यसअघि वैशाख २१ गते गतेदेखि आईपीओ विक्री खुला गरेको कम्पनीले त्यस क्षेत्रमा निषेधाज्ञा भएपछि वैशाख २४ गतेदेखि विक्री कार्य स्थगित गरेको थियो । उक्त शेयर अवस्था सामान्य भएसँगै कम्पनीले पुनः विक्री गर्न लागेको हो ।  कम्पनीले कुल कित्तामध्ये आयोजना क्षेत्रका सिन्धुपाल्चोक जिल्लाको स्थानीयनका लागि १८ लाख कित्ता र सोही जिल्लाका अन्य वासिन्दाका लागि ४२ लाख कित्ता आईपीओ विक्री गर्ने भएको हो । यो शेयर विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।  विक्री प्रबन्धकसँगै यस आईपीओ खरीदका लागि सिन्धुपाल्चोक जिल्लामा ३६ ओटा र काठमाडौं जिल्लामा ७ ओटा संकलन केन्द्र तोकिई आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था गरिएको छ ।  साथै, नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू मार्फत पनि आवेदन बुझाउन सकिने व्यवस्था छ । आईपीओ खरीदका लागि न्यूनतम ५० कित्ता र अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सकिने व्यवस्था छ । सर्वसाधारणका लागि रू. १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न वैशाख ५ गतेनै बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरको शेयर आयोजना प्रभावितमा विक्री गर्न लागेको हो । स्थानियपछि दोस्रो चरणमा १५ प्रतिशतका दरले रू. ९० करोड बराबरको ९० लाख कित्ता आम सर्वसाधारणमा विक्री गर्नेछ ।  यसअघि कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५० करोड रहेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुग्नेछ ।

मध्य भोटेकोशीको आईपीओमा ३६ लाख ७६ हजार ३४१ कित्ताका लागि पर्‍यो आवेदन

साउन १२, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओमा  सोमवार साँझ सम्म ३६ लाख ७६ हजार ३४१ कित्ताका लागि आवेदन परेको छ ।  विक्री प्रबन्धकका अनुसार सोमवार साँझसम्ममा १८ हजार ९२८ जनाले ३६ लाख ७६ हजार ३४१ कित्ताका लागि आवेदन दिएका छन् ।  कम्पनीले साउन ५ गते देखि सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका लागि कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।  कुल कित्तामध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं (साविक लिस्ती गाविस र मार्मिङ गाविस) १ र ५ ,बाह्रविसे नगरपालिका वडा नं ५ र ६(साविक गाती गाविस) तथा बाह्रविसे नगरपालिका वडानं ७ र ८ (साविक घुमथाङ गाविस र मानेश्रा गाविस) का बासिन्दाका लागि  १८ लाख कित्ता र माथि उल्लेखित स्थानिय बाहेकका सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानियका लागि ४२ लाख कित्ता आइपीओ छुट्याइएको छ । उक्त शेयर खरीदका लागि आवेदकले न्यूनतम ५० कित्तादेखि ४०० कित्तासम्म आवेदन गर्न सक्नेछन् ।विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आवेदकले साउन १७ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा माग अनुसार आवेदन नपरेमा भने साउन ३२ गतेसम्म आवेदन गर्न पाउने कम्पनीले बताएको छ । सिन्धुपाल्चोक जिल्लामा ३६ ओटा र काठमाडौमा  सात ओटा संकलन केन्दबाट दरखास्त फारम भर्न र रकम बुझाउन सक्नछन् । साथै आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आईपीओ भर्न सकिने छ ।  कम्पनीले यसअघि वैशाख २१ गतेदेखि विक्री खुला गरेकोमा कोरोनाभाइरस रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण वैशाख २४ गतेदेखि आईपीओ विक्री स्थगित गरिएको थियो । कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाका लागि निष्कासन गरेपछि दोस्रो चरणमा ९० लाख कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

मध्य भोटेकोशीको आईपीओमा २९ लाख ५६ हजार ३२७ कित्ताको लागि आवेदन

साउन ११, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओमा  आइतवारसम्ममा हजार १३ हजार ७५९ जनाको आवेदन परेको छ ।    विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार २९ लाख ५६ हजार ३२७ कित्ताका लागि आवेदन परेको जानकारी दिएको हो । कम्पनीले साउन ५ गतेदेखि सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका लागि कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।  कम्पनीले कुल कित्तामध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं (साविक लिस्ती गाविस र मार्मिङ गाविसु) १ र ५,बाह्रविसे नगरपालिका वडा नं ५ र ६(साविक गाती गाविस) तथा बाह्रविसे नगरपालिका वडानं ७ र ८ (साविक घुमथाङ गाविस र मानेश्रा गाविस) का बासिन्दाका लागि  १८ लाख कित्ता र माथि उल्लेखित स्थानिय बाहेकका सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानियका लागि ४२ लाख कित्ता आइपीओ छुट्याएको छ ।  शेयर खरीदका लागि आवेदन दिंदा न्यूनतम ५० कित्तादेखि ४०० कित्तासम्म आवेदन गर्न सकिने छ । आवेदकले साउन १७ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा माग अनुसार आवेदन नपरेमा भने साउन ३२ गतेसम्म आवेदन गर्न पाउने कम्पनीले बताएको छ । सिन्धुपाल्चोक जिल्लामा ३६ ओटा र काठमाडौंमा सात ओटा संकलन केन्दबाट दरखास्त फारम भर्न र बुझाउन सक्ने व्यवस्था मिलाइएको कम्पनीले बताएको छ ।  साथै आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आईपीओ भर्न सकिने छ । कम्पनीले यसअघि वैशाख २१ गतेदेखि आईपीओ विक्री खुला गरेकोमा कोरोना महामारी रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण वैंशाख २४ गतेदेखि स्थगित गरिएको थियो ।  कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाका लागि निष्कासन गरेपछि दोस्रो चरणमा ९० लाख कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

मध्य भोटेकोशीको आईपीओमा तेस्रो दिनसम्ममा ७ हजार ५८६ जनाको आवेदन

साउन ८, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओमा तेस्रो दिनसम्ममा ७ हजार ५८६ जनाको आवेदन परेको छ ।    विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बिहीवारसम्ममा १६ लाख ४७ हजार ७६१ कित्ताका लागि आवेदन परेको छ । कम्पनीले गत साउन ५ गतेदेखि सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका लागि कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । कुल कित्तामध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं (साविक लिस्ती गाविस र मार्मिङ गाविसु) १ र ५,बाह्रविसे नगरपालिका वडा नं ५ र ६(साविक गाती गाविस) तथा बाह्रविसे नगरपालिका वडानं ७ र ८ (साविक घुमथाङ गाविस र मानेश्रा गाविस) का बासिन्दाका लागि  १८ लाख कित्ता र माथि उल्लेखित स्थानिय बाहेकका सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानियका लागि ४२ लाख कित्ता आईपीओ छुट्याएको छ ।  शेयर खरीदका लागि आवेदन दिंदा न्यूनतम ५० कित्तादेखि ४०० कित्ता सम्ममा आवेदन गर्न सक्नेछन् । स्थानीयले आगामी साउन १७ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा माग अनुसार आवेदन नपरेमा भने साउन ३२ गतेसम्म आवेदन गर्न पाउने कम्पनीले बताएको छ । सिन्धुपाल्चोक जिल्लामा ३६ ओटा र काठमाडौमा सात ओटा संकलन केन्दबाट दरखास्त फारम भर्न र रकम बुझाउन सकिने छ । साथै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आईपीओमा आवेदन दिन सकिनेछ । कम्पनीले यसअघि वैशाख २१ गतेदेखि विक्री खुला गरेकोमा कोरोना महामारी नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाका कारण गत वैशाख २४ गतेदेखि आईपीओ निष्कासन स्थगित भएको थियो । कम्पनीले पहिलो चरणपछि दोस्रो चरणमा ९० लाख कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

मध्य भोटेकोशी जलविद्युतको आईपीओमा पहिलो दिन २८१ जनाले दिए आवेदन

साउन ६, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको आईपीओमा पहिलो दिन २८१ जनाको आवेदन परेको छ ।  कम्पनीले साउन ५ गतेदेखि सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित र अन्य स्थानियका लागि यसअघि विक्री स्थगित गरेको आईपीओ पुनः विक्रीमा ल्याएको हो ।  पहिलो दिन आयोजना प्रभावित ३७ जना स्थानियबाट रू. १० लाख ५६ हजार बराबरको १० हजार ५६० कित्ताका लागि र अन्य २४४ भने जिल्लाका वासिन्दाहरुबाट रू. ५९ लाख ७० हजार बराबरको ५९ हजार ७०० कित्ताका लागि  आवेदन परेको हो । यसरी हेर्दा पहिलो दिनमै कम्पनीको आईपीओ खरीदका लागि कुल २८१ जना आवेदकहरुबाट रू. ७० लाख २६ हजार बराबरको आवेदन परेको छ ।  कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती र मार्मिङ गाविस), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गाविस) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग र मानेश्वरा गाविस) मा स्थायी बसोबास गर्ने बासिन्दा तथा आयोजनाबाट प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुसमेतको लागि कुल ६० लाख कित्ता आईपीओ विक्री गर्न लागेको हो ।  कम्पनीले कुल कित्तामध्य आयोजना क्षेत्रका सिन्धुपाल्चोक जिल्लाको स्थानियका लागि १८ लाख कित्ता र सोही जिल्लाका अन्य वासिन्दाका लागि ४२ लाख कित्ता आईपीओ विक्री गर्ने भएको हो । यो शेयरको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै यस आईपीओ खरीदका लागि सिन्धुपाल्चोक जिल्लामा ३६ ओटा र काठमाडौं जिल्लामा ७ ओटा संकलन केन्द्र तोकिई आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था गरिएको छ । साथै नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू मार्फत पनि आवेदन बुझाउन सकिने व्यवस्था छ । यस अघि वैशाख २१ गतेदेखि २३ गतेसम्म आवेदन दिएका आवेदकहरुले भने पुनः आवेदन दिनुनपर्ने समेत कम्पनीको भनाइ छ ।  यो आईपीओ छिटोमा साउन १७ गतेसम्म विक्रीमा रहनेछ भने उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलो अवधि साउन ३२ गतेसम्म विक्रीमा रहने कम्पनीको भनाई छ । आईपीओ खरिदका लागि  न्यूनतम ५० कित्ता र अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सकिने व्यवस्था छ । सर्वसाधारणका लागि रू. १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न वैशाख ५ गतेनै बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरको शेयर आयोजना प्रभावितमा विक्री गर्न लागेको हो । स्थानियपछि दोस्रो चरणमा १५ प्रतिशतका दरले रू. ९० करोड बराबरको ९० लाख कित्ता आम सर्वसाधारणमा विक्री गर्नेछ । यस अघि कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५० करोड रहेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुग्नेछ ।

निषेधाज्ञाका कारण मध्य भोटेकोशी जलविद्युतको आईपीओ निष्कासन स्थगित

वैशाख २३, काठमाडौं । मंगलवारदेखि स्थानियमा विक्री खुला भएको मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ निष्कासन स्थगित भएको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित स्थानिय र अन्य वासिन्दाका लागि कुल ६० लाख कित्ता आईपीओ विक्री खुला गरेको थियो । कम्पनी र विक्री प्रबन्धकले बिहीवार संयुक्त विज्ञप्ती जारी गर्दै परिस्थिति सहज नभएसम्मका लागि निष्कासन स्थगित गरेको जानकारी दिएको हो ।  यस कम्पनीको आईपीओमा स्थायिनले पनि अनलाईन आवेदन गर्न पाउने व्यवस्था गरिएको थियो । कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै सिन्धुपाल्चोक जिल्लामा रहेका विभिन्न बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय र उपत्यकामा रहेका सात ओटा मर्चेण्ट बैंकरहरुको वेवसाइटमार्फत आवेदन गर्न सकिने व्यवस्था गरिएको थियो ।  कम्पनीले कुल कित्तामध्ये आयोजना क्षेत्रका सिन्धुपाल्चोक जिल्लाको स्थायिनका लागि १८ लाख कित्ता र सोही जिल्लाका अन्य वासिन्दाका लागि ४२ लाख कित्ता आईपीओ विक्री खुला गरेको हो । यो शेयर विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।  कम्पनीको आईपीओ विक्री खुला भएको दोस्रो दिन बुधवार साँझ ५ बजेसम्म आयोजना प्रभावित क्षेत्रका २७१ जना स्थानियबाट ७७ हजार ८९० कित्ता र ३ हजार ९८ अन्य वासिन्दाहरुबाट ५ लाख १० हजार ४७० कित्ताको लागि आवेदन परिसकेको थियो ।  सर्वसाधारणका लागि रू. १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न वैशाख ५ गते नै बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरको शेयर आयोजना प्रभावितमा विक्री गर्न लागेको हो । स्थानियपछि दोस्रो चरणमा १५ प्रतिशतका दरले रू. ९० करोड बराबरको ९० लाख कित्ता आम सर्वसाधारणमा विक्री गर्नेछ ।  यसअघि कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५० करोड रहेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुग्नेछ ।