काम अलपत्र पार्ने पप्पुसहित ७ ठेकेदार कम्पनीसँग स्पष्टीकरण माग

लामो समयसम्म काम अलपत्र पार्ने निर्माण (ठेकेदार) कम्पनीसँग सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले स्पष्टीकरण माग गरेको छ । ज्वाइन्ट भेन्चरमा काम गरेका पप्पु कन्स्ट्रक्सन सहित ७ वटा निर्माण कम्पनीसँग स्पष्टीकरण माग गरेको हो । पटक–पटक थप भएको म्यादमा पनि काम सम्पन नगरेपछि सात दिनको सूचना निकालेर आयोजनाले स्पष्टीकरण माग गरेको हो ।