सर्वोच्च अदालतबाहिर मुसा-बिरालोको खेल, छुटेलगत्तै फेरि पक्राउ परे 'प्रकाण्ड' :: Pahilopost.com

काठमाडौँ : बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाई गर्दै सर्वोच्च अदालतको आदेशले नेत्रविक्रम चन्द विप्लव समूहका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'लाई प्रहरीले पुनः पक्राउ गरेको समाचार आइरहँदा उनी सर्वोच्च अदालतभित्रै थिए।  रिहाको समाचार सार्वजनिक भएको केही मिनटमै महानगरीय प्रहरी परिसरले उनलाई सर्वोच्च बाहिरबाट फेरि समातेको परिसरका प्रवक्ता डिएसपी मोहनकुमार थापाले बताए।