नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतको व्याख्या संविधानको धारा सोसरह हुने बताएका छन् । धारा ७६ (५) को सरकारका सम्बन्धमा कुनै पनि पार्टीले आफ्ना सांसदहरुलाई ह्वीप लगाउन नहुने नेता गौतमले बताएका छन् ।एमाले नेता गौतमले रातोपाटीसँग संक्षिप्त कुरा गर्दै भने, ‘ह्वीप लगाउनुहुँदैन भन्ने सर्वोच्च अदालतको संवैधानिक इजलासको निर्णय हो । इजलासको यो निर्णय मान्नेहरू संविधान मान्ने हुन्, जसले इजलासको निर्णयको विरोध गर्छन्, तिनीहरू संविधान मान्ने होइनन् ।’संविधानको धारा ७६(५) अ