माओवादी केन्द्रको समानुपातिकमा बाबुरामलाई पनि भाग, को बन्दैछन् सांसद?

काठमाडौं : निर्वाचन अघि नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कित्तामा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराई उभिए। जनता समाजवादी पार्टी,नेपाल (जसपा) त्यागेर बाबुराम नेसपा मात्रै बनाएनन् प्रतिनिधि सभाको निर्वाचनमा प्रचण्डलाई वाकओभर नै दिए गोरखा-२ मा। प्रचण्ड चुनावमा सजिलै विजयी हुँदा भट्टराईकी छोरी तथा नेसपाकी नेतृ मानुषी यमी भट्टराई…