बर्दियाको मधुवनमा गोली चलाउने आदेश थिएन, गल्ती गरेको पाइए कारबाही हुन्छ : गृहमन्त्री खाण

काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाणले बर्दियामा प्रमुख जिल्ला अधिकारीले गोली चलाउन आदेश नदिएको बताउनुभएको छ । प्रतिनिधि सभाको आज मङ्गलवारकाे बैठकमा सांसदले बर्दियाको मधुवनमा प्रहरीको गोली लागेर युवतीको ज्यान गएको विषयमा सरकारको जवाफ मागेपछि उत्तर दिँदै गृहमन्त्री खाणले नागरिकले गर्ने अवरोध तथा भिडमा गोली चलाउन सरकारले आदेश नदिने बताउनुभयो । ‘नागरिकहरूको यस्तो अवरोध, भिडमा गोली चलाउने आदेश छँदै छैन । नेपाल सरकार, गृह मन्त्रालयको निर्देशनअनुसार सम्झाइबुझाइ गर्ने, बरु सर्वपक्षीय/सर्वदलीय बैठक ग...