५ महिनामा भित्रियो ४ खर्ब ८० अर्ब रेमिट्यान्स

२९ पुस, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ५ महिनामा ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २३.० प्रतिशतको वृद्धि हो । अघिल्लो वर्ष यस अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह […]