छुट दिने भन्दै विद्युत् महसुलमा थप दस्तुर उठाउँदै !

महालक्ष्मी नगरपालिका टिकाथली बस्ने मनोज श्रेष्ठको घरमा आइतबार बिहानै विद्युत् प्राधिकरणको बिल आयो । घर बाहिरै राखिएको मिटरमा विद्युत् प्राधिकरणबाट खटिएका मिटर रिडरले चेक गर्दै हालसम्म २ हजार ४६६ युनिट विद्युत् खपत भएको भन्दै ४ हजार ५३६ रुपैयाँ ४४ पैसाको बिल छाडेर गए । तर, श्रेष्ठको मिटरमा आइतबारसम्म जम्मा २ हजार १८९ युनिट मात्र उठेको थियो । अघिल्लो पटक २ हजार १९ युनिट उठेकोमा यसपालि १७० (२१८९–२०१९) युनिट मात्र आउनुपर्नेमा खपतको झन्डै तीन गुणा नै बढी बिल प्राधिकरणले थमाएपछि श्रेष्ठ तीन