कैलाली । सुदूरपश्चिम प्रदेशका निवर्तमान भौतिक पूर्वाधार मन्त्री पठानसिह बोहोराले राजनीतिक पूर्वाग्रहका कारण आफूलाई सरकारबाट हटाइएको आरोप लगाएका छन् ।शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै उनले प्रदेशसभामा पार्टी नफुटेको अवस्थामा आफूलाई राजनीतिक पुर्वाग्रहका आधारमा हटाइएको आरोप लगाएका हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादका कारण स्वयं मुख्यमन्त्रीको पद पनि धरापमा परेको उनको दावी थियो ।‘ममात्र होइन स्वयं मुख्यमन्त्रीको समेत पद धरापमा परेको छ, त्यो कुरा पछि सतहमा आउने नै छ,&rsq