मन्त्रालय र निजीक्षेत्रका उद्योगबीचको सहकार्य : बेरोजगारलाई पारिश्रमिक दिएर शीप

काठमाडौं । सरकारले न्यूनतम पारिश्रमिक दिएर बेरोजगारलाई तालीम र शीप दिन ‘कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालन कार्यविधि–२०७९’ पारित गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्रीविहीन हुँदा रोकिएको यो कार्यविधि पारित भएसँगै बेरोजगार युवा–युवतीका लागि तालीम सञ्चालन गर्ने बाटो खुलेको छ । सरकारले तीन महीनाको न्यूनतम पारिश्रमिक दिने र त्यसबापत निजीक्षेत्रका उद्योगहरूले बेरोजगारलाई तालीम दिनुपर्ने यो कार्यक्रम लागू गर्न मन्त्रालयले निर्देशन दिएको छ । यो कार्यक्रमअनुसार उद्योगहरूले आफूलाई आवश्यक पर्ने श्रमिकलाई आफै तालीम दिनुपर्ने हुन्छ । तालीम लिएकालाई तोकिएको पारिश्रमिक सरकारले प्रत्यक्ष नभई तालीम दिने उद्योगमार्फत उपलब्ध गराउनेछ । केही दिनअघि पारित भएको कार्यविधिअनुसार कार्यक्रम अघि बढाउन लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रलाई मन्त्रालयले स्वीकृति दिएको छ । मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलको संयोजकत्वमा बुधवार बैठक बसी केन्द्रलाई कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिइएको हो । मन्त्रालयको औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखाका सहसचिव डा. नारायणप्रसाद दुवाडीले यो कार्यक्रममार्फत उद्योगले आफ्नो आवश्यकताअनुसार बेरोजगारलाई तालीम दिन पाउने बताए । उद्योगमा कामदार अभाव हुने, यता युवा बेरोजगार बस्नुपर्ने स्थिति अन्त्य गर्न यो कार्यक्रम शुरू गरिएको उनले बताए । यसबाट उद्योगले आफ्ना लागि आवश्यक पर्ने जनशक्ति पूर्ति गर्न आफैले तालीम दिनेछन् । दुवाडीका अनुसार तालीम दिने उद्योगले तालीम पाएकालाई दुई वर्षसम्म रोजगारीको ग्यारेन्टी गर्नुपर्नेछ । ‘मन्त्रालयको रोहवरमा उद्योग र तालीम लिएका जनशक्तिबीच सहमति हुनेछ,’ दुवाडीले भने, ‘यसले कामदार अभाव र बेरोजगारीबीचको अन्तर घटाउनेछ ।’ चालू आर्थिक वर्ष २०७८ / ७९ मा २२ हजार युवाले निजीक्षेत्रका उद्योग, व्यवसायमा संलग्न भई रोजगारमूलक तालीम लिन पाउने व्यवस्था गरिएको छ । मन्त्रालय र निजीक्षेत्रका उद्योगबीचको सहकार्यमा शुरू हुने यो तालीमका लागि सरकारले एक अर्ब रुपैयाँ बजेट छुट्ट्याएको छ । भारतमा रोजगारी वृद्धि गर्न ६० वर्षअघि अपनाइएको यो विधिलाई ढिलो भए पनि नेपालमा लागू गर्न खोजिएको छ । नेपालमा पहिलोपटक यस्तो तालीम दिने तयारी गरिएको हो ।  तालीम दिनका लागि अहिले मन्त्रालयले निजीक्षेत्रका छाता संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल हस्तकला महासंघ र महिला उद्यमी महासंघ तथा अन्य वस्तुगत संघसँग छलफल गरेको छ । निजीक्षेत्रका उद्योग, व्यवसायमै तालीम दिन सके जनशक्तिको माग र आपूर्तिबीच तालमेल मिल्ने र तालीम लिएकाले सोही उद्योगमा रोजगारी पाउन सक्ने सम्भावना देखिन्छ । उद्योगले तीन महीना तालीम दिने र सरकारले सो अवधिको न्यूनतम मासिक पारिश्रमिक १५ हजारका दरले ४५ हजार रुपैयाँ खर्चिनेछ । गत आर्थिक वर्ष २०७७/ ७८ मा कार्यान्वयन हुन नसकेको उक्त कार्यक्रम यस वर्ष भने लागू हुने देखिएको छ ।  गतवर्ष सरकारले यो कार्यक्रमका लागि एक अर्ब बजेट विनियोजन गरेको थियो । कार्यक्रम नै लागू नभएपछि यो रकम खर्च भएको थिएन ।

सम्बन्धित सामग्री

जनमत-नाउपा सहकार्य

प्रतिनिधिसभामा ६ सिट रहेको जनमत पार्टी र चार सिट रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सहकार्य गर्ने भएका छन्।...

‘ओथारो’मा सहकार्य गर्ने सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र किङ्स कलेजबीच उद्यमशीलता विकासका लागि इन्क्युवेसन कार्यक्रम ‘ओथारो’ मा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ।...

नेपाल र बंगलादेशबीच जलस्रोतका मुद्दामा सहकार्य गर्ने

‘दुवै मुलुकबीच जलस्रोतको विकास र जलस्रोतको मुद्दामा एकआपसमा सहकार्य र साझेदारी गरेर अघि बढ्ने विषयमा सहमति भएको छ’, उनले भने– ‘बाढीपहिरो नियन्त्रण तथा मौसमी तथ्यांक आदानप्रदानमा पनि सहकार्य गर्ने सहमति भएको छ।’...

क्यामेराको गुणस्तर बढाउन लेइकासँग साओमीको सहकार्य

साओमी र लेइकाबीच सहकार्य हुने भएको छ । क्यामेराको गुणस्तर बढाउन लेइकासँग साओमीले सहकार्य गर्ने भएको हो ।  जुलाईमा नयाँ फोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले पहिले देखिनै लेइकासँग सहकार्य गरेर काम गर्न खोजीरहेको थियो । अब जुलाई २०२२ को फ्ल्यागशीप लञ्चमा दुई कम्पनीको संयुक्त सहयोगमा स्मार्टफोन सार्वजनिक गरेको हो । स्मार्टफोनमा स्नापड्रागन एट प्लस जेन वान प्रोसेसर...

सहमति र सहकार्य गरी अगाडि बढ्नुपर्नेमा जोड

बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भडेलले सहमति र सहकार्य गरी अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्। सहमति, सहकार्य र एकताले मात्रै सफलता पाउने भएकाले अहंकारको भावना त्याग गर्नु जरुरी रहेको उनले बताए।...

ज्योति समूहको सहकार्य

ज्योति समूहले बास्किन रोबिन्सलाई प्रवर्द्धन गर्न ग्रेभिस फुड प्राइभेट लिमिटेडसँग सहकार्य गरेको छ।...

उद्योग वाणिज्य महासंघ र त्रिविबीच सहकार्य

नेपाल उद्योग वाणिज्य महासंघ र त्रिभुवन विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टबीच संस्थागत सहकार्य हुने भएको छ । यसका लागि दुवै संस्था इण्डष्ट्री एकेडेमिया मञ्च गठन गरी सहकार्य गर्न सहमत भएका छन् ।महासंघको वस्तुुगत परिषद् र सोमटुुले गरेको छलफलमा दुवै पक्षबीच सो प्रतिवद्धता व्यक्त भएको हो । महासंघका अध्यक्ष शेखर गोल्छाले विद्याविद्यालयसँग सहकार्य गर्न तयार रहेको बताए […]

पर्यावरणमा अमेरिका–चीन सहकार्य

विश्वलाई जलवायु परिवर्तन क्षेत्रमा अमेरिका र चीनको सहकार्यको आवश्यकता छ, तर सहकार्य हुन्छ नै भनेर ढुक्क बस्न सकिँदैन बढ्दो रणनीतिक प्रतिस्पर्धामाझ अमेरिका र चीनले भर्खरै जलवायु परिवर्तनविरुद्धको संघर्षमा सहकार्य गर्ने संकेत...

नेपाल र थाइल्यान्डले पर्यटनमा सहकार्य गर्ने

नेपाल र थाइल्यान्डबीच पर्यटन प्रवर्धनमा सहकार्य गर्ने सहमति भएको छ। नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मी र नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरस्फबीच भएको भेटवार्तामा दुवै देशले एक अर्कोको पर्यटन प्रवर्धनमा सहकार्य गर्ने बताएका हुन्।...