काठमाडौं। संविधानविद् भीमार्जुन आचार्यले पार्टीको ह्वीप मान्नुपर्ने बताएका छन्। “ह्वीप नमान्नु दुःखद् कुरा हो। पार्टीले ह्वीप जारी गरेको छ भने त्यो मान्नुपर्छ,” आचार्यले भने। व्यक्तिगत स्वार्थभन्दा बाहिर रहेर ह्वीप उल्लंघन गर्नु सामान्य रहेको तर कर्णालीमा भने व्यक्तिगत र राजनीतिक कारण देखिएको उनले बताए।