स्वस्तिक लघुवित्त वित्तीय संस्थाको कार्यशाला

स्वस्तिक लघुवित्त वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयमा कार्यरत फिल्ड कर्मचारीहरुलाई २ दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । तालिममा उपस्थित शाखा कार्यलयका कर्मचारीहरुलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत जीवन खनालले तालिमको उद्देश्य तथा तालिमबाट प्राप्त ज्ञानलाई दैनिक कार्य र व्यक्तिगत जीवनमा पालना गरेर सफलात हासिल गर्न सुझाव दिए ।तालिममा कर्मचारीहरुलाई कर्जा व्यवस्थापन, धितो कर्जाको महत्व […]

सम्बन्धित सामग्री

निष्क्रिय कर्जा बढेसँगै स्वस्तिक लघुवित्तको नाफा प्रभावित, यस्ता छन् अन्य सूचक

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको तुलनामा ४९ दशमलव ९३ प्रतिशत घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू. ६९ लाख ८० हजार नाफा कमाएकोमा गत आवमा घटेर रू. ३४ लाख ९५ हजारमा झरेको हो । गत आवमा कम्पनी निष्क्रिय कर्जा बढेसँगै नाफा प्रभावित भएको हो । अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा १ दशमलव २६ प्रतिशत रहेकोमा गत आवमा बढेर ३ दशमलव ४९ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याउँदा सञ्चालन नाफा रू. ७९ लाख ४५ हजार ऋणात्मक रहेको छ । यस कारण पनि खुद नाफा घटेको हो । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ३० प्रतिशत घटेको छ ।  कम्पनीको चुक्ता पूँजी रू. ३ करोड ४६ लाख छ । त्यस्तै कम्पनीले जगेडामा रू. २ करोड ३५ लाख सञ्चिति गरेको छ । साथै कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा पनि छ । कम्पनीले अधिकृत पूँजीको ४० प्रतिशतले हुन आउने आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको हो । यसका लागि कम्पनीले धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।

स्वस्तिक लघुवित्त र नबिल इन्भेस्टमेन्ट बैंकिङबीच सम्झौता

नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच कम्पनीको अधिकृत पुँजीको ४०

स्वस्तिक लघुवित्तको खुद नाफा ३५.४१% बढ्यो

फागुन ५, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको सोही अवधिको भन्दा ३५ दशमलव ४१ प्रतिशत बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. ६४ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ८६ लाखभन्दा बढी खुद नाफा गरेको हो । यस वर्ष कम्पनीको सञ्चालन नाफा गत वर्षभन्दा ४३ दशमलव ५२ प्रतिशत बढी रू. १ करोड ४ लाख भएको छ ।  सम्भावित जोखिम शीर्षकमा गत वर्षभन्दा २२१ दशमलव ५३ प्रतिशत बढी रू. ५० लाख रकम छुट्याएको कम्पनीले गत वर्षभन्दा १५ दशमलव २७ प्रतिशत बढी रू. ३३ लाख खराब कर्जा उठाएको छ । कम्पनीको चुक्तापूँजी रू. ३ करोड ४६ लाख ५० हजार छ ।  गत वर्ष रू. ६८ लाखभन्दा बढी ऋणात्मक रहेको जगेडा कोष रकम यस वर्ष सुधारिएर रू. २ करोड ५१ लाखभन्दा बढी कायम भएको छ । कम्पनीले गत वर्षभन्दा ३९ दशमलव ५८ प्रतिशत बढी कर्जा सापटी लिएको छ भने ६० दशमलव ३४ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । कम्पनीले यस वर्ष रू. ४८ करोड १८ लाखभन्दा बढी कर्जा सापटी लिएको हो भने रू. ६८ करोड १ लाखभन्दा बढी कर्जा प्रवाह गरेको हो ।  निक्षेप संकलन भने गत वर्षभन्दा यस वर्ष ११७ दशमलव ७१ प्रतिशत बढी रू. १६ करोड ३८ लाख भएको छ । निष्क्रिय कर्जा गत वर्ष २ दशमलव ५६ प्रतिशत रहेकोमा यस वर्ष घटेर १ दशमलव ५० प्रतिशतमा झरेको छ ।                                                                                        स्रोत : कम्पनीको वित्तीय विवरण

स्वस्तिक र समाज लघुवित्त मर्जर प्रक्रिया अघि नबढ्ने निष्कर्ष

भदौ १७, काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा नजाने भएका छन् ।  समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको भदौ १६ गते बसेको सञ्चालक समितिको बैठकले मर्जर प्रक्रिया अघि बढाउन नसकिने निर्णय गरेको हो । यी दुई कम्पनी बीच २०७७ साल असोज ५ गते मर्जरका लागि प्रारम्भिक सम्झौता भएको थियो ।  समाज लघुवित्तले २०७८ साल जेठ ११ गते मर्जर प्रस्ताव पारितका लागि विशेष साधारण सभा बोलाएको थियो । उक्त सभामा गणपूरक संख्या नपुगेपछि असार १० गते पुनः दोस्रो पटक विशेष साधारण सभा बोलाइएको थियो ।  दोस्रो पटकको विशेष साधारण सभामा २५ प्रतिशत प्रतिनिधित्वलाई गणपूरक मानिने व्यवस्था बमोजिम कुल शेयरको ५५ दशमलव ४९ प्रतिशतको उपस्थिति रहेको थियो ।  उक्त सभामा कुल उपस्थितिको ६६ दशमलव ६७ प्रतिशत तथा कुल शेयरपूँजीको ३७ प्रतिशत शेयरधनीहरुबाट केन्द्रीय कार्यालय बर्दिबास महोत्तरीमा नभई साविकको स्वस्तिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय लहानमा राख्ने भएकाले स्वस्तिक लघुवित्त वित्तीय संस्थासँगै मर्जर गर्न नसकिने राय बहुमतबाट प्राप्त भएको कम्पनीको भनाइ छ ।  तत्पश्चात पुनः मर्जर प्रक्रियालाई अगाडी बढाउनका लागि नेपाल राष्ट्र बैंकका पदाधिकारीको राय सल्लाहबमोजिम शेयरधनीहरुसँग आन्तरिक छलफल तथा परामर्शसमेत गरेको कम्पनीले अन्तत : सकारात्मक निष्कर्ष नआएकाले मर्जर प्रक्रिया अघि नबढाउने निर्णय गरेको हो । यी दुई कम्पनी बीच १ बराबर १ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी मर्जरमा जाने सहमति भएको थियो ।

स्वस्तिक लघुवित्तले कमायो रू. १ करोड ९० लाख नाफा

भदौ ६, काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण आइतवार सार्वजनिक गरेको  छ ।  उक्त वित्तीय विववरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमासमा रू. १ करोड ९० लाख नाफा कमाएको छ । अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले रू. ३० लाख २९ हजार नोक्सानी व्यहोरेको थियो ।  गत आवमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले,सञ्चालन नाफामा वृद्धि भएकाले र रू. ४८ लाख ९२ हजार खराब कर्जा उठाउन कम्पनी ब्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो ।  कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ३०५ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको चुक्तापूँजी रू. १ करोड २० लाख रहेको छ ।  जगेडाकोष भने रू. ६८ लाख ५६ हजार ऋणात्मक रहेको छ ।  त्यसैगरी कम्पनीले गत आवमा रू. ४५ करोड ९६ लाख ३९ हजार सापटि लिएर रू. १० करोड ८५ लाख ८१ हजार निक्षेप संकलन गरेर रू. ५६ करोड १७ लाख ५७ हजार कर्जा लगानी गरेको छ ।  यस स्वस्तिक लघुवित्त वित्तीय संस्था र समाज लघुवित्त वित्तीय संस्थाले एक आपसमा गाभ्ने गाभिने तयारी गरिरहेका छन् । एक आपसमा गाभ्ने गाभिने सम्बन्धी प्रस्ताव दुवै कम्पनीको सभाले गत जेठ ११ गते पारित गरेको थियो ।

मर्जर प्रस्ताव पारित गर्न स्वस्तिक र समाज लघुवित्तद्वारा विशेष साधारण सभा आव्हान

वैशाख २६, काठमाडौं । मर्जर प्रस्ताव पारित गर्न समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ११ गते विशेष साधारण सभा बोलाएको छन् ।  समाज लघुवित्तले जानकी फेमली होटल एण्ड लज, मलंगवा, सर्लाहीमा दिउँसो २ बजे र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले होटल नेमान, लहान, सिरहामा दिउँसो २ बजे सभा बोलाएको हो ।  सभाले स्वस्तिक लघुवित्त वित्तीय संस्थासँगको मर्जर सम्बन्धि प्रस्ताव पारित गर्नेछ । मर्जर पश्चात कम्पनीको नाम स्वस्तिक समाज लघुवित्त वित्तीय संस्था लिमिटेड कायम गर्ने विषयलाई पनि सभाले अन्तिम रुप दिनेछ । दुई कम्पनीबिच सहमति भएको १ बराबर १ शेयर आदानप्रदान रेसियोलार्ई पनि सभाले स्वीकृति प्रदान गर्ने कार्यक्रम छ ।  मर्जर पश्चात बन्ने कम्पनीको अधिकृत पूँजी रू. १० करोड, जारी पूँजी रू. ४ करोड र चुक्तापूँजी रू. ४ करोड कायम गर्ने र नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम स्वस्तिक लघुवित्तको संस्थापक शेयरधनीहरुले राखेको कल इन एडभान्समा रहेको रू. २ करोड ६५ लाख ५० हजार रकमलाई स्वस्तिक लघुवित्तको संस्थापक शेयरमा गाभेर जम्मा चुक्तापूँजी रू. ६ करोड २६ लाख ५० हजार कायम गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।  यसका लागि सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन तथा परिमार्जन गर्नका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

समाज र स्वस्तिक लघुवित्त गाभिने, मर्जरपछि एफपीओ

६ असोज, काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था र स्वस्तिक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन् । यि दुई संस्थाहरुले मंगलबार मर्जरमा जाने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । समाज लघुवित्तले सर्वसाधारणका लागि साधारण …