नेकपा (एस)को केन्द्रीय कमिटी बैठक आज बस्दै

नेकपा एकीकृत समाजवादी (एस) पार्टीको केन्द्रीय समिति बैठक आज काठमाडौंमा बस्ने भएको छ । करीब १ महिनाअघि नेकपा एमालेबाट नेता माधवकुमार नेपालको नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको पार्टीको पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।  बुधवारसम्म बस्ने बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, देशभर संगठन विस्तारका लागि आवश्यक रणनीतिमा छलफल गरिने केन्द्रीय सदस्य दिलुकुमारी पन्तले जानकारी दिइन् । बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय संगठन, सम्बन्धित आयोगका गठन, पुनः गठन, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक ...