हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन लाग्ने बालाजु बाइसधारा मेला (ल्हुती पुन्ही) कोभिड–१९ संक्रमणको जोखिमका कारण यस वर्ष पनि स्थगन भएको छ । मेलामा लाखौंको संख्यामा भक्तजनहरू आउने र कोरोना संक्रमणको जोखिम बढ्ने भएपछि मेला स्थगन गरिएको बालाजु बाइसधारा उद्यानले बताएको छ । उद्यानका कार्यालय प्रमुख दामोदर लामाले मेला लाग्दा भिडभाड हुने र संक्रमण बढ्ने जोखिम भएकाले मेला स्थगन गरिएको बताए । गत वर्ष पनि कोभिड संक्रमणको जोखिम नियन्त्रणका लागि सरकारले लकडाउन गरेका कारण मेला लाग्न सकेको थिएन । आ