काठमाडौं : नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल रिट बोकेर सर्वोच्च अदालत पुगेका छन्। आफूभन्दा कनिष्लाठई प्रहरी महानिरीक्षक (आइजिपी)मा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध रिट निवेदन लिएर उनी अदालत पुगेका हुन्।अदालतका एक उच्च अधिकारीले भने, ‘विश्वराज पोखरेलले रिट निवेदन पेश गरेका छन्। दर्ता भइसकेको छैन।’ पोखरेलले धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय बदरको माग गर्दै रिट निवेदन पेश गरेका हुन्। उनले पेश गरेको रिट निवेदन रुजुको प्रक्रियामा रहेको