धनगढी : सुदूरपश्चिमबाट प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न असोज २३ मा कांग्रेस प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावल, प्रमुख सचेतक गोविन्द बोहरा र कांग्रेस सांसद भरत खड्का बालुवाटार पुगे। देउवासँगको आधा घण्टाको छलफलमा उनीहरूले प्रदेश सरकारमा गठबन्धनको आभास नभएको भन्दै प्रधानमन्त्रीलाई सुदूरपश्चिम सरकारको मुख्यमन्त्री परिवर्तन गर्न आग्रह गरे।तीनैजनाको आग्रहपछि देउवाले गठबन्धनमा छलफल गरेर आवश्यक निर्णय लिने बताएका थिए। ‘यो सबैको साझा कुरा हो। यसमा सबै म