जग्गा अतिक्रमण प्रकरणमा पक्राउ परेका सामुदायिक वनका अध्यक्ष धरौटीमा रिहा

महोत्तरी - जिल्ला अदालत महोत्तरीले रम्तेल डाँडा सामुदायिक वनका अध्यक्ष शेरबहादुर राउतलाई धरौटीमा रिहा गरेका छन् ।  वन कार्यालयले त्यही सामुदायिक वनको जग्गा अतिक्रमण तथा वन फँडानी प्रकरणमा मुख्य अभियुक्त मानिएका राउतलाई पक्राउ गरेको थियो । गएकाे पुस दोस्रो हप्ता पक्राउ परेका उनी प्रहरी हिरासतमा थिए । न्यायाधीश दीपक खरेलको इजलासले अध्यक्ष राउतलाई आइतबार २ लाख ५० हजार रुपैयाँ धरौटी राख्न आदेश गरेका थिए । धरौटी बुझाएर अध्यक्ष राउत तारिखमा रिहा भएको महोत्तरी जिल्ला अदालतका श्रेस्तेदार मदनप्रसाद जैसवालले जा...